प्रहरी नियन्त्रणमा रहेकी महिलाले आफ्नो पेटको गर्भ ससुराको नभइ आफ्नै छोराको भनेर प्रहरीलाई बयान दिएपछि चर्किएको स्याङजा अहिले केही शान्त भएको जस्तो देखिएपनि किन ती आमाले छोरालाई आरोप लगाइन भन्ने अनुसन्धान सुरु भएको छ ।स्याङ्जाको बहुचर्चित घटना मध्येको यो घटनामा प्रहरीले आफ्नो क्षेत्राधिकार भित्रको घटना नभएको भन्दै हात झिकेपनि घटना नयां ढंगवाट अगाडी बढेको छ । प्रहरीले निकै महत्वका साथ अनुसन्धान अगाडी बढाएको घटना जनताको चर्को आन्दोलन थेग्न नसकेपछि एकाएक हात झिक्नुले प्रहरी, आरोपित ससुरा र उनका ज्वाई सन्तुकुमार थापाको मिलेमोतोमा घटनामा दोषी उम्काइ आमा छोरालाई फसाउन खोजीएको स्प्रष्ट देखिएको छ । घटनामा प्रहरीले हात झिकेपनि आरोपितका ज्वाई पटक पटक वडा प्रहरी कार्यालय धाइरहेका छन् जसले उक्त घटनामा उनको र प्रहरीको मिलेमोतो भएको हुनसक्ने आशंका अझ झन बढेर आएको छ ।
स्याङजाको खिलुङ देउराली गाविस वडा नं. ५ घर भएका ६० वर्षिय तिलबहादुर गोदारले आफ्नै बुहारी शीतली भनिने पूर्णकुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा प्रहरी कार्यालय वालिङले थप अनुसन्धानका लागि गत शुक्रवार नियन्त्रण्ँमा लिएको थियो । महिलाले सोही राती एकाएक बयान फेरेको र आफ्नै नावालक छोराको गर्भ रहेको बयान दिएको भन्दै प्रहरीले राती नै शितलीको १४ बर्ष छोरालाई नियन्त्रण्ँमा लिएर ससुरालाई छाडेपछि स्थानीयबासिन्दाले शनिबार दिनभर वडाप्रहरी कार्यालय वालिङ घेराउ गरेका थिए ।
ससुराले बुहारीलाई गर्भ बोकाएको बयानलाई प्रहरीले रातारात फेरेको भन्दै चर्को आन्दोलनमा उत्रिएका स्थानीयको माग अन्ततः साकार भयो निर्दोश बालकलाई उनीहरुले प्रहरीको नियन्त्रण मुक्त बनाए । आन्दोलनमा उत्रिएका हजारौ महिला तथा समाजसेवीले निर्दोश वालकको वालअधिकारको समेत वास्ता नगरी रहस्यमय ढंगवाट प्रहरीले फसाएको भन्दै प्रहरी विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । सोही क्रममा स्थानिय र प्रहरीविचको झडप भएपनि भिड नियन्त्रणगर्न प्रहरीले लाठीचार्ज गर्दा एकदर्जन महिला घाईते भएका थिए । घटनाले ठुलो रुप लिन थालेपछि जिल्ला प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक आभुषण तिमिल्सिना आई बालकलाई स्थानियको जिम्मामा दिने र बुहारी करणी गरेको आरोपीत ससुरा तिलबहादुर गोदार र दोषी उम्काएर निर्दोश बालक फसाउने रणनितीमा संग्लग्न ज्वाई सन्तुकुमार थापालाई नियन्त्रण लिने सहमतीमा घटना साम्य भएको थियो ।
हाडनाता करणी जस्तो दुनियावादी अभियोगमा प्रहरीले निकै महत्वका साथ अनुसन्घान गरिनु र शनिवारको दिनभरको तनावको स्थितीपछि प्रहरी आत्तिएर नियन्त्रणमा रहेका ससुरा बुहारीलाई जिम्मा लिन आफन्तलाई निरन्तर दिनभर बोलाउनुले घटना झन रहस्यमय बनेको छ । समाजसेवी तोयानाथ अर्याल भन्छन्,–‘ सन्तुकुमार थापा जुन आरोपितका ज्वाई र छोरीले यसअघिदेखि नै यस विषयमा छोरालाई आरोप लगाउदै आएका थिए । जुन उनीहरु पनि निर्दोशलाई फसाएर दोषीलाई उम्काउन खोज्नु तिलवहादुरको सम्पत्तिमा गरिएको गिद्धेदृष्टि हो’।
किन फेरिन महिलाले बोली ?
प्रहरी चौकी वयरघारीको रोहवरमा बसेको भेलामा बुहारी शितलीले ससुरालाई आरोप लगाइन् । ससुराले त्यसलाई स्वीकार गरेका थिए । ससुराले अब म नया“ दुलाहा भए“ भन्दै वडा प्रहरी कार्यालय वालिङको जिपमा बसेका थिए । तर त्यहीदिन महिलाले बोली फेरेको र छोरालाई आरोप लगाएको भन्दै प्रहरीले अनुसन्धानको धार नै बदल्यो । आइतवार महिला अधिकारवादीहरुले गर्भ बोकेकी शितलीलाई सोधपुछ गर्दा पछि आफू र छोरा, छोरी सुरक्षित हुने भए घट्नाको सत्य तथ्य बताउने जनाउ दिएकी थिइन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरीकृष्ण केसीकै रहोवरमा उनले महिला अधिकारकर्मी र पत्रकार सामु आफ्नो पेटमा रहेको गर्भ ससुरा तिलबहादुरकै रहेको उनले बताईन । प्रहरी निरिक्षक केसीले उनलाई त्यसो भए शुक्रवार राती किन छोराको भनेको भन्दा उनको जवाफ यस्तो आयो,–“ के हजुरलाई अठ्यारो लाग्यो ?” उनले महिलाहरु संग निकै असहज तरिकाले भनिन् आफू र छोरा सुरक्षित हुने भएकाले छोरालाई आरोप लगाएको बताइन् ।
सीतलीको अनुहारमा निकै डरलाग्दो रुप देखेपछि उनको सोधपुछमा लागेकी महिला अधिकारकर्मी समाजसेवी सीमा कर्मचार्यले भनिन्,– “ तीमी अब डराउनु पर्दैन तीमी र तिम्रो दुबै छोरा छोरीको सुरक्षाको जिम्मा हामी लिन्छौ र कानुन अनुसार दोषी उपर कारवाही हुने तर्फ लाग्छौ भनेपछि उनको मुहार शान्त भएको थियो ।” पटक पटक सीतलीले बयार फेर्नुको पछाडी ससुरा र उनका आफन्तले दिएको धम्की र डर भएको उनको त्यो मुहारले समेत प्रष्ट देखाएको छ । प्रहरी निरिक्षक केसीले सबैको अगाडी प्रहरीले जवरजस्ती छोरा भन्न लगाएको हो भनेर सोध्दा भने उनले हैन भनेकी थिइन् । छोरालाई किन त्यस्तो गम्भीर आरोप लगाएको हो त भन्ने महिला अधिकारवादीहरुको प्रश्नमा सीतली बोल्नै सकिनन् । उनी निरन्तर घोप्टो मुन्टो लगाएर रोइन् मात्र ।
स्थानीय बासिन्दाका अनुसार तिलबहादुरका नजिकका मान्छेले ससुरालाई आरोप लगाए छोरालाई बा“की नराख्ने भन्दै शितलीलाई धम्की दिएपछि उनले छोरालाई नै आरोप लगाएर आफूस“गै प्रहरीमा राख्न खोजेको घटनाक्रमले पुष्टी हुन्छ । उनीहरु भन्छन् ‘सोझी र सिधा खालकी महिलालाई छोरालाई दोष लगाएमा हामी केही गर्दैनौं भनेको हुनुपर्छ ।’ अर्कातर्फ बालकले पनि प्रहरीले कुटपिट गरेपछि डराएर आरोप स्वीकार गरेको पत्रकार समक्षा रु“दै बताएका थिए ।
सीतलीका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत छन् । उनी समेत आफ्ना बावुलाई बचाएर छोरालाई फसाउने दाउमा रहेको बुझिएको छ । पत्रकारहरु संग कुरागर्दै सीतलीले भनिन्,–“मैले श्रीमानको माया कहिल्यै पाईन, उहा“ले ४ लाख दिन्छु सम्वन्ध विच्छेद गह्रौ भन्ने प्रस्ताव आएको थियो अब ४ लाख होइन ४ कौडी पनि पाउने भईन ।”
यो रहस्य एकातिर छदैछ भने अर्कोतिर एकजना नरपिसाचले गर्दा एउटा परिवारको विचल्लिमात्र भएन डर र त्रासको वातारणमा जीवन विताउन वाध्य हुनुपरेको छ । गर्भमा रहेको बच्चादेखि हाल उनीसंगै रहेका दुईजना छोरा छोरीको भविश्य कतातिर जाने हो गम्भिर विषय बनेको छ । यस्तो संवेदनशिल विषयमा प्रहरी र केही आफन्त लाग्नुले पनि यस घटनाको छानविन हुनु जरुरी रहेको आम जनमानसको माग रहेको छ ।
सागर गोदार असुरक्षित भएपछि विद्यालयको संरक्षणमा
दासिर्ङ दहथुम गाविस स्थित वयरघारीमा रहेको भुपु सैनिक कम्यूनिटी एकेडेमीमा कक्षा ९ मा अध्ययनरत बालक २०५६ साल पुस २९ गते जन्मिएका हुन् । पढ्नमा अत्यन्तै लगनशिल बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेको विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले बताए । उनी नियमित स्कूल जान सकिरहेका छैनन् भने राम्रोे स“ग खाना समेत खाएका छैनन् । अध्यायनमा लगनशिल सागरको पछिल्लो समयमा उनी असुरक्षित महशुस गरेपछि विद्यालयको संरक्षणमा उनलाई दैनिक गोप्य ठा“उमा लुकाएर राखेको विद्यालयले जनाएको छ । उनी अफ्नो हजुरवुवा तिलबहादुर र पुसाजु सन्तुकुमार थापाको परिवारवाट असुरक्षित रहेको पत्रकारसंगको कुराकानीमा बताए । उनले पत्रकार संग भने,–‘म घरमा गएको वेला हजुरआमाले ५ सय रुपैंया दिएर हजुरवुवाले जे भन्नुहुन्छ मान भनेन दिएपछि हजुरवुवाले आमाको पेटम रहेको गर्भ मेरो हो भन् भनेर भनेको हो ।’
सागर गोदार अशुरक्षित भएपछि विद्यालय प्रशासनले जिल्ला प्रशासन कार्यालय, जिल्ला बालकल्याण समिती समक्ष उनको जीवनरक्षाको लागि अनुरोध गरेको छ भने बालकले राष्ट्रिय मानबअधिकार आयोग क्षेत्रिय कार्यालय पोखरा समक्ष आफू निर्दोश हु“दा हु“दैपनि हजुरवुवा र पुसाजु मिलेर मलाई डर र धम्कीका कारण यत्रो ठूलो अपराध स्वीकार्न लगाएको र वडा प्रहरी कार्यालय वालिङवाट मलाई नियन्त्रण गर्न आउदा मेरो बालअधिकार हनन् हुनेगरी जवरजस्ती पक्राउ गरेकाले मेरो बालअधिकार रक्षाको लागि र जीवनरक्षाकालागि अनुरोध गरेका छन् ।
प्रहरीले किन छाड्यो अनुसन्धान ?
प्रहरी अधिकृतको सक्रियतामा नै अनुसन्धान शुरु गरेको भए पनि प्रहरीले एकाएक अनुसन्धान रोक्यो र हिरासतमा रहेका ससुरा तथा बुहारीलाई जिम्मा लिन आउन आङ्खन्तहरुलाई बारम्बार ताकेता गर्यो । म्याद थप्न अदालत लैजाने क्रममा सरकारी वकिलको राय अनुसार उक्त घटनाको प्रारम्भिक अनुसन्धान समेत प्रहरीको क्षेत्राधिकार भित्र नपरेकाले घटना रोकिएको हो ।
प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ । तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानवीन गर्न मिल्दैन । निरीक्षक केसीले यो घटना सिधै अदालत जाने प्रकृतिको भएकाले हामीहरुले मानिसलाई नियन्त्रणमा लिन नमिल्ने र हाल उनीहरुलाई सुराक्षाको कारणले मात्र सुरक्षा प्रदान गर्न प्रहरी कार्यालयमा राखिएको बताए ।
प्रहरी निरिक्षक केसीले एकाएक कुरा फेरेका छन् शुक्रवारी रातीको बयनका आधारमा रातीनै अनुसन्धानकालागि भन्दै जवरजस्ती पक्राउगरी बालकलाई प्रहरी कार्यालयमा ल्याएका प्रहरीले एकाएक भनाईनै परिवर्तन गरेकाले प्रहरी समेत यस घटनामा निर्दोशलाइृ फसाउने षडयन्त्रमा लागेको अनुमान रहेको छ । उता नाबालकलाई नियन्त्रण्ँमा लिएर वालअधिकार हनन् गरको भन्दै जिल्ला बालकल्याण्ँ समिति स्याङजाले ध्यानाकर्षण गरेको छ । बाल न्याय नियमावली २०६३ मा स्पष्ट कानुनमा व्यवस्था भए अनुसार प्रहरीले बालकले गरेको कसुरलाई प्रचलित कानुन बमोजिम योग्यता पुगेको प्रहरी कर्मचारीले मात्रै यो कार्य गर्न पाउने व्यवस्था हु“दाहु“दै प्रहरीले गल्ती गरेको बालकल्याण्ँ समितिले जनाएको छ ।
बुहरीलाई करणी गरेको आरोपी तिलबहादुर फरार
सोमवार वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धानमा रहेका तिलबहादुर र उनकी बुहारी सीतलीलाई प्रहरीले उनकी जेठी श्रीमती भुवानी गोदारको जिम्मामा उनीहरुलाई छोडेको छ । प्रहरी कार्यालयमा प्रहरीका विरुद्ध नारावाजी गरेलगत्तै अनुसन्धान छाडेको प्रहरीलाई नियन्त्रणमा रहेका ससुरा बुहारीलाई छाड्न निकै हम्मे हम्मे परेको थियो । प्रहरीले निकै ताकेता गर्दा उनीहरुका आफन्तहरुले प्रहरीले अनुसन्धानका लागि लगेको र जवरजस्ती दोषीलाई उम्काएर निर्दोशलाई फसाउन खोज्ने प्रहरीको क्रियाकलाप गलत रहेकाले आफूहरु उनीहरुलाई जिम्मा लिन नआउने भएपछि । नियन्त्रणमा रहेका तिलबहादुरकी जेठी श्रीमतीलाई बोलाएको थियो ।
प्रहरीले उनकी जेठी श्रीमती र उनीहरुलाई भेटन र के भएको हो भनेर बुझ्न आएका आफन्तहरु को रहोवरमा छाडिएको थियो । रहोवरमा वस्नेहरु कास्की पोखरा उपमहानगरपालिका १२ वस्ने रामवहादुर कार्की, सोही ठा“उ वस्ने सुभद्रा कार्की, स्याङ्जा चिलाउनेवास गाविसकी विष्णू क्षेत्री, वालिङ नगरपालिका ३ वस्ने खिमा पाण्डे, वालिङ १ वस्ने सेमला काफ्ले रहेका छन् । उता शुक्रवारदेखि निकै चलखेलमा लागेका सन्तुकुमार थापा उपस्थित भएको भएपनि उनलाई भने प्रहरीले रहोवरमा राखेको थिएन् ।
प्रहरीले उनीहरुलाई आफ्नै साधन प्रयोग गरेर पिडित तथा पिडकको घरसम्म पु¥याएको थियो । भने ससुरा घर पुग्ने वेलामा उनीहरु संगै नरहेको प्रत्यक्षदर्शीले जनाएको छन् । स्थानिय आमा समुहले आरोपित ससुरा तिलवहादुर गोदारलाई लृकाएर राखेको भन्दै सन्तुकुमार थापाको घर समेत घेराउ गरेको बुझएको छ । सन्तुकुमार थापा भने नियमित प्रहरीको सम्पर्कमा रहेका छन् । घटना प्रहरी कार्यालयवाट मुक्त रहेको अवस्थाम पनि दैनिक रुपमा प्रहरी कार्यालयमा किन धाइरहेका छन भन्ने स्थानिय आमा समुहले प्रश्न गरेका छन् ।
No comments:
Post a Comment