-रामबहादुर गुरुङ (सर्वत्र–अपमानित स्मृतिरोगी)
भालेको डाँकसँगै
वस्तीहरु ब्युँझेर
टुकीहरु बल्न थालेपछि
आमा भन्ने गर्नुहुन्थ्यो,
‘विहान भयो बाबु ! उठेर पढ् ।
मीठो निद्राले
मस्तसँग मायाँ गर्दा–गर्दै
मायाँलाई कठोरतापूर्वक झट्कारेर ब्युँझदा
माताका ममतामयी हातहरु
मलाई झक्झकाईरहेका हुन्थे ।
आध्यात्मिकताबाट विकसित
सिकाई शैलीको अनुशरण गर्दै
केही शैक्षिक रटानपश्चात
खोरियाबारीको भीरबाट
एक भारी घाँस ल्याइसकेपछि
हतार–हतार उसिनेका खाद्यन्नहरु
पेटभित्र छचल्काउदै
सरस्वतीको मन्दिर पुग्थ्यौ र
सामुहिक भजनगान प्रारभ्भ हुन्थ्यो ।
शिक्षाका धर्मगुरुहरु
आफ्नो धर्मको पालना गर्दै
प्रवचन दिन्थे ।
बुर्जुवा शिक्षाको
बासी भैसकेका ती
प्रवचनहरुमा पठित
शुत्र, साध्य र सिद्धान्तका भजनहरु
हामी खुब रट्थ्यौं ।
गणितमा
अंकगणितीय,
बीजगणितीय शुत्रहरु,
त्रिकोणमितीय अध्यायभित्रका
Sin, Cos, Tan लगायत
Cosec, Sec र Cot का शुत्रसञ्जालहरु
अनि त्यस्तै ज्यामितीय साध्य–सिद्धान्तहरु
क्वाप्ल्वाक्कै निल्थ्यौं ।
नेपाली र अंग्रेजीजस्ता भाषिक विषयका
ब्याकरणीय संरचना, संगति र प्रयोगहरु
साहित्यका शीर्षकदेखि समाप्तिसम्मका रचनालेखहरु
बुझेर हैन, घोकेर सिक्थ्यौं ।
विज्ञानमा
भौतिक विज्ञानका
बल,गुरुत्वाकर्षण र चालसम्बन्धी
सर आइज्याक न्युटनका
चापसम्बन्धी
पास्कलका
धारा विद्युत र चुम्बकत्वसम्बन्धी
माइकल फाराडेका
अनि
नाप,
यन्त्र,
ध्वनि,
ताप तथा विशिष्ट तापधारण क्षमता र
विद्युत चुम्बकीय तरंगका नियम, सिद्धान्त र शुत्रहरु
खुब रटिन्थ्यो ।
त्यस्तै
रासायनिक विज्ञानका
तत्व,
अणु,
संयुज्यतादेखि
यौगिकका आणविक शुत्र–समीकरण हुदै
विभिन्न ग्यासहरुको
प्रायोगिकदेखि औद्योगिक उत्पादनसम्मका विधिहरु
कालोपाटीको चित्रमा जनाइन्थ्यो ।
त्यसै गरी
जीव विज्ञानमा
जीवहरुको वर्गीकरण,
इन्भर्टिब्रेट्सदेखि भर्टिब्रेट
फाइलमदेखि फाइवरसम्म
लगायत
कोषदेखि क्रोमोजोमसम्म
अनि
कोषको विभाजन हुदै उत्परिवर्तनसम्म आइपुग्दा
अनुकुलताका क्षमताहरु विकसित गर्दै
जैविक इतिहास अगाडि बढ्दा
चाल्र्स डार्विनका क्रमविकासका क्रमका
घत लाग्दा सिद्धान्तहरु खुब पढियो ।
भू तथा ज्योतिष विज्ञानका
भू–उत्पत्तिदेखि ब्रम्हाण्डसम्म
सौर्य–मण्डलदेखि तारापुञ्ज र कालो–छिद्रसम्म
अनि,
दिन महिना, वर्षहरुसम्म
लगायतका यावत अध्ययनहरु
पूनर्ताजगीको अपेक्षा गर्दै
आजसम्म पनि मानसपटलबाट मेटिन मान्दैनन् ।
त्यसपछिका शिक्षाले
बिराएका बाटाहरुमा भेटिएका
अर्थशास्त्रदेखि लेखा, ब्यावसायिक गणित हुदै
वित्तीय एवं मानव–संसाधन ब्यवस्थापन र प्रोजेक्ट म्यानेजमेन्टसम्म
आइपुग्दाका ती आला पदचापहरुले हिड्दा–हिड्दै
अध्यारोमा पुग्दा बाल्न नसकेको ज्योति न निभ्यो, न जल्न सक्यो ।
यद्यपि
निकम्मा,
अब्यावहारिक,
अवैज्ञानिक
बुर्जुवा शिक्षाले पीडित भएकाले
राहतस्वरुप बाँडेका
प्रमाणपत्रका चाङ एकातिर थन्क्याएर
खाडीको खडेरीमा खब्बुस खाँदै
खंग्रङ्ग परेको खोस्टो शरीर
पसिनाले नुहाएर लुछ्रुप्प हुदै
‘हम्दुरिल्लाह ! माफी मुश्किला मुदिर ।’ जस्ता
टुटे–फुटेका अरबी भाषाहरुमा बोल्दै
बडो आज्ञाकारी भएर
मरुभूमिको तातो र रातो वालुवामाथि
गैंची र वेल्चा बजारिरहेछु ।
त्यही
गैंचीको कोणिक हनाईमा
त्रिकोणमितीय र ज्यामितीय शुत्र–साध्यको
प्रभावकारिता खोजिरहेछु ।
वेल्चाका विडहरुमा मोमेन्टको नियम दाँजिरहेछु ।
लागेको बलमा
'F = ma' को शुत्र सजाइरहेछु ।
अनि
तातेका मष्तिस्कका स्नायु–नसाहरुमा
आउने विचार, सोंच र अधुरा कल्पनाहरुमा
'E = mc2' को शुत्र लगाउदै
गरेको हिसावमा हिसाव नमिलेपनि
एसीको चिसो आनन्दमा मस्त निदाइरहेको हुन्छु
अचेल
कहिलेकाही
मेरा मन अनि मष्तिस्कहरुमा
टोनी बुजानहरु
विश्व प्रसिद्ध ‘युज योर हेड’ लिएर आउँछन्रछन्
र मलाई पुस्तक देखाउदै
जीवनको लामै कालखण्ड लगाएर
मैले लगाएको मेहनतको शिक्षा र पाठ्यक्रममा त्रुटि देखाउदै सोध्न थाल्छन्,
“तैले पढेको शिक्षामा मष्तिस्कसम्बन्धी खास त्यस्तो केही थियो ?
जसले सिक्ने, सोच्ने र स्मरण गर्ने तरीकामा मद्धत गथ्र्यो ।”
म आश्चर्य मान्दै भन्न बाध्य हुन्छु,
“सायद थिएन होला, त्यस्तो त ।”
ऊ सोध्न अझ अगाडि बढ्छ,
“तैले हासिल गरेको शिक्षाको
शैक्षिक पाठ्यक्रममा
मष्तिस्क र स्मरणशक्तिले कसरी कार्य गर्छ भन्ने कुरा उल्लेख गरिएको थियो ?
तैले अध्ययन गरेका शैक्षिक संस्थाहरुमा
अध्ययन गर्ने र सिक्ने अनेकौं टेक्निकल तरीकाहरुबारे केही सिकाइएको थियो ?
के क्षमता, एकाग्रता, कल्पना र धारणाका बारेमा
विश्लेषणत्मक पाठ्यवस्तु समावेश गरिएको थियो तैले अपनाएको शिक्षा प्रणालीमा ?
के तैले आजसम्म सोच्ने प्रकृया र रचनात्मकताको बारेमा पढिस् ?”
लगायत थुप्रै के के सोध्दै थियो ऊ ।
मैले केही बुझिन ।
मात्र चुपचाप
अबोध वालकझैं भएर
‘छैन’ भन्ने अर्थमा शिर हल्लाइरहें,
वस् हल्लाइरहें ।
भालेको डाँकसँगै
वस्तीहरु ब्युँझेर
टुकीहरु बल्न थालेपछि
आमा भन्ने गर्नुहुन्थ्यो,
‘विहान भयो बाबु ! उठेर पढ् ।
मीठो निद्राले
मस्तसँग मायाँ गर्दा–गर्दै
मायाँलाई कठोरतापूर्वक झट्कारेर ब्युँझदा
माताका ममतामयी हातहरु
मलाई झक्झकाईरहेका हुन्थे ।
आध्यात्मिकताबाट विकसित
सिकाई शैलीको अनुशरण गर्दै
केही शैक्षिक रटानपश्चात
खोरियाबारीको भीरबाट
एक भारी घाँस ल्याइसकेपछि
हतार–हतार उसिनेका खाद्यन्नहरु
पेटभित्र छचल्काउदै
सरस्वतीको मन्दिर पुग्थ्यौ र
सामुहिक भजनगान प्रारभ्भ हुन्थ्यो ।
शिक्षाका धर्मगुरुहरु
आफ्नो धर्मको पालना गर्दै
प्रवचन दिन्थे ।
बुर्जुवा शिक्षाको
बासी भैसकेका ती
प्रवचनहरुमा पठित
शुत्र, साध्य र सिद्धान्तका भजनहरु
हामी खुब रट्थ्यौं ।
गणितमा
अंकगणितीय,
बीजगणितीय शुत्रहरु,
त्रिकोणमितीय अध्यायभित्रका
Sin, Cos, Tan लगायत
Cosec, Sec र Cot का शुत्रसञ्जालहरु
अनि त्यस्तै ज्यामितीय साध्य–सिद्धान्तहरु
क्वाप्ल्वाक्कै निल्थ्यौं ।
नेपाली र अंग्रेजीजस्ता भाषिक विषयका
ब्याकरणीय संरचना, संगति र प्रयोगहरु
साहित्यका शीर्षकदेखि समाप्तिसम्मका रचनालेखहरु
बुझेर हैन, घोकेर सिक्थ्यौं ।
विज्ञानमा
भौतिक विज्ञानका
बल,गुरुत्वाकर्षण र चालसम्बन्धी
सर आइज्याक न्युटनका
चापसम्बन्धी
पास्कलका
धारा विद्युत र चुम्बकत्वसम्बन्धी
माइकल फाराडेका
अनि
नाप,
यन्त्र,
ध्वनि,
ताप तथा विशिष्ट तापधारण क्षमता र
विद्युत चुम्बकीय तरंगका नियम, सिद्धान्त र शुत्रहरु
खुब रटिन्थ्यो ।
त्यस्तै
रासायनिक विज्ञानका
तत्व,
अणु,
संयुज्यतादेखि
यौगिकका आणविक शुत्र–समीकरण हुदै
विभिन्न ग्यासहरुको
प्रायोगिकदेखि औद्योगिक उत्पादनसम्मका विधिहरु
कालोपाटीको चित्रमा जनाइन्थ्यो ।
त्यसै गरी
जीव विज्ञानमा
जीवहरुको वर्गीकरण,
इन्भर्टिब्रेट्सदेखि भर्टिब्रेट
फाइलमदेखि फाइवरसम्म
लगायत
कोषदेखि क्रोमोजोमसम्म
अनि
कोषको विभाजन हुदै उत्परिवर्तनसम्म आइपुग्दा
अनुकुलताका क्षमताहरु विकसित गर्दै
जैविक इतिहास अगाडि बढ्दा
चाल्र्स डार्विनका क्रमविकासका क्रमका
घत लाग्दा सिद्धान्तहरु खुब पढियो ।
भू तथा ज्योतिष विज्ञानका
भू–उत्पत्तिदेखि ब्रम्हाण्डसम्म
सौर्य–मण्डलदेखि तारापुञ्ज र कालो–छिद्रसम्म
अनि,
दिन महिना, वर्षहरुसम्म
लगायतका यावत अध्ययनहरु
पूनर्ताजगीको अपेक्षा गर्दै
आजसम्म पनि मानसपटलबाट मेटिन मान्दैनन् ।
त्यसपछिका शिक्षाले
बिराएका बाटाहरुमा भेटिएका
अर्थशास्त्रदेखि लेखा, ब्यावसायिक गणित हुदै
वित्तीय एवं मानव–संसाधन ब्यवस्थापन र प्रोजेक्ट म्यानेजमेन्टसम्म
आइपुग्दाका ती आला पदचापहरुले हिड्दा–हिड्दै
अध्यारोमा पुग्दा बाल्न नसकेको ज्योति न निभ्यो, न जल्न सक्यो ।
यद्यपि
निकम्मा,
अब्यावहारिक,
अवैज्ञानिक
बुर्जुवा शिक्षाले पीडित भएकाले
राहतस्वरुप बाँडेका
प्रमाणपत्रका चाङ एकातिर थन्क्याएर
खाडीको खडेरीमा खब्बुस खाँदै
खंग्रङ्ग परेको खोस्टो शरीर
पसिनाले नुहाएर लुछ्रुप्प हुदै
‘हम्दुरिल्लाह ! माफी मुश्किला मुदिर ।’ जस्ता
टुटे–फुटेका अरबी भाषाहरुमा बोल्दै
बडो आज्ञाकारी भएर
मरुभूमिको तातो र रातो वालुवामाथि
गैंची र वेल्चा बजारिरहेछु ।
त्यही
गैंचीको कोणिक हनाईमा
त्रिकोणमितीय र ज्यामितीय शुत्र–साध्यको
प्रभावकारिता खोजिरहेछु ।
वेल्चाका विडहरुमा मोमेन्टको नियम दाँजिरहेछु ।
लागेको बलमा
'F = ma' को शुत्र सजाइरहेछु ।
अनि
तातेका मष्तिस्कका स्नायु–नसाहरुमा
आउने विचार, सोंच र अधुरा कल्पनाहरुमा
'E = mc2' को शुत्र लगाउदै
गरेको हिसावमा हिसाव नमिलेपनि
एसीको चिसो आनन्दमा मस्त निदाइरहेको हुन्छु
अचेल
कहिलेकाही
मेरा मन अनि मष्तिस्कहरुमा
टोनी बुजानहरु
विश्व प्रसिद्ध ‘युज योर हेड’ लिएर आउँछन्रछन्
र मलाई पुस्तक देखाउदै
जीवनको लामै कालखण्ड लगाएर
मैले लगाएको मेहनतको शिक्षा र पाठ्यक्रममा त्रुटि देखाउदै सोध्न थाल्छन्,
“तैले पढेको शिक्षामा मष्तिस्कसम्बन्धी खास त्यस्तो केही थियो ?
जसले सिक्ने, सोच्ने र स्मरण गर्ने तरीकामा मद्धत गथ्र्यो ।”
म आश्चर्य मान्दै भन्न बाध्य हुन्छु,
“सायद थिएन होला, त्यस्तो त ।”
ऊ सोध्न अझ अगाडि बढ्छ,
“तैले हासिल गरेको शिक्षाको
शैक्षिक पाठ्यक्रममा
मष्तिस्क र स्मरणशक्तिले कसरी कार्य गर्छ भन्ने कुरा उल्लेख गरिएको थियो ?
तैले अध्ययन गरेका शैक्षिक संस्थाहरुमा
अध्ययन गर्ने र सिक्ने अनेकौं टेक्निकल तरीकाहरुबारे केही सिकाइएको थियो ?
के क्षमता, एकाग्रता, कल्पना र धारणाका बारेमा
विश्लेषणत्मक पाठ्यवस्तु समावेश गरिएको थियो तैले अपनाएको शिक्षा प्रणालीमा ?
के तैले आजसम्म सोच्ने प्रकृया र रचनात्मकताको बारेमा पढिस् ?”
लगायत थुप्रै के के सोध्दै थियो ऊ ।
मैले केही बुझिन ।
मात्र चुपचाप
अबोध वालकझैं भएर
‘छैन’ भन्ने अर्थमा शिर हल्लाइरहें,
वस् हल्लाइरहें ।
No comments:
Post a Comment